हालका समयमा थारु समुदायमा अ-आफ्ना बंशज (दियाद) को खोजी तथा अभिलेखन कार्य रुपमा गरिएको पाईन्छ । सो कार्य सराहनिय छ । अभिलेखन कार्य नियमित कार्य हो । ३-४ बर्षको अन्तरमा बिभिन्न जिल्लाबाट नामावली संकलन तथा किताब छपाइ नियमित एबम चुनौती पूर्ण काम हो । एस कार्यलाई सरल एबम सहज बनाउन थारु बंशावली डट कम ल्याईएको हो । एस वेबसाईटले बिभिन्न बंशावलीका तथ्याण्क लाई एउटै छातामुनी अर्थपूर्ण रुपमा देश-बिदेशमा सबैको पहुचमा पुर्याउन सहयोग गर्दछ ।
बिभिन्न समयमा हुने बैठक / सम्मेलनका तस्बिर र भिडियोलाई सबैको पहुचमा पुर्‍याउनु एस वेबसाईटको बिशेषता हो । बिभिन्न बंशका मुल पितामहः र महापुरुषको योगदान र पराक्रम बारे एतिहसिक जानकारी र जनश्रुति पनि सर्बसाधारणको लागि उपलब्ध गराउनु यसको मुल उद्देशय हो ।

बंशावली एपका बिशेषताहरु

१. वेबसाईट र मोबाईल एप मार्फत रियल टाइम डाटा संकलन ।
२. आफ्नै गाउँ॒ ठाउँ बाट सदस्यको ब्यक्तिगत बिवरण, पेशागत बिवरण र शैक्षिक बिवरण थप्न मिल्ने ।
३. बैवाहिक बिवरण अन्तर्गत पति, पत्नी, ससुराको नाम, ससुराली ठेगाना, ससुरालीको बंशावली राख्न मिल्ने ।
४. बंशावली किताब बनाउनु परे किताबको पाना डिजाईन पनि वेबसाईटले नै तयार गरिदिने ।
५. बंशावलीको तथ्याङ्क, सारांश, पेसागत र योग्यताको आधारमा उपलब्ध ।

बंशावली सूची